रौतहट ।। इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालीकाको वडा नम्बर २ कटानी बजारकी राधिका राउतको हिरासतमा बिहीबार विहान नै मृत्यु भएको हो ।कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।
प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ । हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुई पटक बेहोस भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको बताएका छन् ।
यसअघि गत साउनमा पनि गरुडास्थित प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको थियो ।
रौतहटको गरुडामा हिरासतमा रहेका एक महिलाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।