काठमाडाैं ।। रोयल च्यालेन्जर्स बैंगलोरले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जितनिकालेको छ ।दुबईमागयरातिभएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमागएको थियो ।सुपर ओभरमामुम्बईले १ विकेटगुमाएर ७ रन बनायो । बैंगलोरले बिनाविकेटको क्षति ११ रन बनाउँदै लक्ष्य भेट्टायो । सुपर ओभर अघि मुम्बईकालागिइशानकिशनले ९९केइरन पोलार्डले अविजित रहदै ६० रन बनाउनुभएको थियो । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।बैंगलोरकालागि एबी डी भिलियर्सले ५५, देवदत्त पाडीक्कलले ५४ र आरोन फिन्चले ५२ रन बनाउनुभयो । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंकजोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।हार पछि मुम्बईको भने ३ खेलमा २ अंकरहेको छ । आपीएल क्रिकेटकमा आज दिल्ली क्यापिटल्स् र सन्राईजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ ।
आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।