काठमाडाैं ।। नेपालमा मुटु रोगी बढ्दै गएका छन । स्वस्थकर जीवन शैलीका कारण मुटुरोगको जोखिम बढेको छ । आज विश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्यजाँच गराउन अनुरोध गरेका छन । आज‘मन लगाउँ, मुटु बचाउँ’भन्ने नाराका साथविश्व मुटु दिवस मनाइँदैछ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । मीठो, मसालेदार, चिल्लो, स्वादिलो खानानिरन्तर रूपमाखाँदै जाँदाविस्तारै दिर्घ रोग लाग्ने भएकाले खानपिन र जीवनशैलीमाध्यानदिनुपर्ने उनीहरुको सल्लाह छ । सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचार बापत बेहोर्दै आएको छ । १५ वर्ष भन्दा मुनिका बालबालिका तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रियानिःशुल्क रूपमा गरिरहेको छ । शहीदगङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दाकम र ७५ वर्ष उमेर भन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । मुटुको भल्बबिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । विश्वमाहरेक बर्ष एक करोड ८० लाखमानिस मुटुरोगका कारण मर्ने गर्दछन । नेपाल जस्ताविकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगीभएको अनुमानगरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here