काठमाडाैं ।। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १०लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् ।पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वभर तीन करोड ३५ लाख४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमित मध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख७० हजार जना सक्रियसङ्क्रमित छन् ।कोरोना भाइरसका संक्रमित मध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्य अवस्थानिकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वान खोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यहाँ सङ्क्रमितको सङ्ख्या७३ लाख ६१ हजार नाघिसकेको छ । अमेरिकामा हालसम्म कोरोना सङ्क्रमण पछि २ लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ भने ४६ लाखभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३७हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वभर १० लाख भन्दा बढिको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।