जनकपुर ।। रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट आज नेपाल आईपुग्दै छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज अपरान्हसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुईवटा ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि हिजो नै हिंडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here