काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्तिमार्फत् शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारक सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताउनुभएको छ । परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शंकास्पद मृत्युको परीक्षणबाट ‘रिपोर्ट नेगेटिभ’ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुनसक्ने स्पष्ट गरेको छ, विज्ञप्तीमा भनिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here