काठमाडौं ।। नेपालमा आज विहिवार एकैदिन थप १२४६ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार २४३ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ हजार ९४९ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या ३८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज ७ हजार ८८३ जना क्वारेन्टिनमा छन् । १६ हजार २४१ जनाको उपचार जारी छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here