कोरोना भाईरसका कारण दोश्रो पटक लकडाउन भएको रौतहट आज देखि खुलेको छ । जिल्ला स्तरीय कोभीड व्यवस्थतापन केन्द्रको निर्णय अनुसार आज असोज १ गते देखि सवै सरकारी कार्यालय तथा गैर सहकारी संघ सस्था , सवै किसिमका पसल व्यवसायहरु ,बैंक तथा वित्तीय सस्था ,उद्योग ,व्यसायहरु पूर्ण रुपमा सेवा प्रवाह गर्ने शुरु गरिएको छ । जिल्ला भित्र र वाहीर चलने निजी तथा सार्वजानिक यातु बाहक सवारी साधन संचालनको लागि समेत छूट दिएको रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकार ईन्द्र देव यादवले जानकारी गराए । बन्दाबन्दी खोले संगै रौतहटमा चहल पल बढेको छ । विगत छौ महिना देखि बन्द रहेको लामो दुरीको सार्वजनिक तथा निजि सवारी साधनहरु समेत आजबाट संचालनमा आएको छ । नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार आजबाट देशै भरीको निजि तथा सार्वजनिक सवारी साधन संचालन गर्न निर्णय गरिएको थियो । यता बन्दाबन्दी खुले संगै आम नागरिकहरु खुसी व्यक्त गरेको छन । रौतहटमा अत्यधीक कोरोना संक्रमित भेटिए पछि साउन २४ गते देखि पुनः लकडाउन गरिएको थियो । करिव सवा महिना पछि लकडाउन खुले संगै आम नागरिक तथा व्यपारीहरु खुशी व्यक्ति गरेको छ । कोरोनाले विश्व समुदायलाई आतन्कीत बनाएको छ । बन्दाबन्दी खुल्दैमा कोरोनाको कहर टरी नसकेको अवस्थमा सवै नागरिकतले आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु पर्ने देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here