काठमाडौं ।। विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४२ हजार ७७६ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ४५ हजार भन्दा धेरै रहेको छ ।
यसैगरी विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड १८ लाख ८ हजार ८५२ पुगेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख १ हजार ३४८ छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५१ ५१ लाख १८ हजार २ सय ५४ भएकोमा ८३ हजार १ सय ९८ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४४ लाख २१ हजार ६८६ जनामा संक्रमण भएकोमा १ लाख ३४ हजार १७४ भन्दा धेरैको ज्यान गएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here