सिन्धुपाल्चोक ।। आज बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको बताउनुभयो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । यसैबीच,सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको ६ रेक्टरको भूकम्पको पराकम्पका कारण एक जना घाइते भएका छन्। भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ।उहाँको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here