काठमाडाैं ।। सरकारले एसिड आक्रमणबाट पीडित बनेका नागरिकको सम्पूर्ण उपचार खर्च, शिक्षा र रोजगारीको जिम्मेवारी लिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एसिड पीडितहरूका सन्दर्भमा सरकारले गरेको यो ऐतिहासिक निर्णय भएको बताउनुभयो । यसले पीडितलाई ठूलो अभिभावकत्व, संरक्षकत्व र पीडाबाट मुक्त हुनका लागि हौसला मिल्ने विश्वास सरकारले लिएको छ । सरकारले हरेक वर्षको भदौ २५ गतेलाई ‘एसिड आक्रमणविरुद्धको जागरण दिवस’का रुपमा मनाउने निर्णय पनि गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।