काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३६० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ। मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५ वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौं उपत्यकामा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको तथ्यांकअनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी जम्मा ५११ संक्रमित थपिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।