एजेन्सी ।। बलिउड अभिनेता सलमान खान भने बिग बोस(१४ लिएर आउँदैछन् । जसमा दर्जन बढी सेलिब्रेटीलाई केही महिनाका लागि एउटै घरभित्र राखिन्छ । सेप्टेम्बरदेखि नै कार्यक्रम सुरु गर्ने योजना भए पनि कोरोनाकै कारण यसको प्रसारण मिति धकेलिएको थियो । यो सिजन सलमान खान बिग बोसको प्रस्तोता बनेको ११औं वर्ष हो ।
भारतीय रियालिटी टेलिभिजन खेल कार्यक्रम बिग बस को १४ औं सिजन यही अक्टुबर ३ देखि सुरू हुने भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रमका सञ्चालक ९होस्ट० सलमान खानले यो कार्यक्रमसँगै सन् २०२० का सबै ुसमस्याु समाधान हुने बताएका छन्।
बढ्दै गएको कोरोना भाइरस संक्रमण र महामारीबीच अधिकांश जनता घरमै छन्। यस्तो अवस्थामा सलमान खान भने ुबिग बस १४ु सँगै आफ्नो काममा फर्केका हुन्। यो कार्यक्रममा दर्जन बढी सेलेब्रेटी केही महिनाका लागि एउटै घरमा बस्नुपर्ने हुन्छ। र, यही क्रममा उनीहरू प्रतिस्पर्धामा पनि भिड्नुपर्ने हुन्छ। अन्त्यमा जो सेलेब्रेटी त्यो घरमा बाँकी रहन सफल हुन्छ, उनी नै बिग बसका विजेता कहलिन्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply