काठमाडौं ।। अमेरिकामा एकैदिन थप ३१ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सका अनुसार यो सँगै अमेरिकामा कोरोना संक्रमितको जम्मा संख्या ६७ लाख ८ हजार ४५८ जना पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३९ लाख ७४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २५ लाख ‍३४ हजार ९८९ जनामध्ये १४ हजार ११३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३९२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९८ हजार ५२० पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply