एजेन्सी ।। पछिल्लो २४ घण्टामा भारतमा ९२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा एकै दिन थप ९२ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ४८ लाख ४६ हजार ४ सय २८ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप १ हजार १३६ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना भाूइरसका कारण मृत्यु हुनेको जम्मा संख्या ७९ हजार ७२२ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ९ लाख ८६ हजार ५ सय ९८ जना उपचार गराइरहेको छ भने ३७ लाख ८० हजार १ सय ८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here