एजेन्सी ।। बलिउड अभिनेता सुशान्त सिंश राजपुतले गत जुन १४ मा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको थिए ।

सुशान्तका परिवार र आम जनताका अनुसार आत्महत्या नभई हत्या भएको भने पछि अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । सुशान्त आत्महत्या केसमा उनकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई ड्रग्स कनेक्शनमा समावेश रहेको पाइएपछि जेलमा राखिएको छ ।

उनलाई १४ दिनको जेल सजाय सुनाईएको हो ।नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० को हिरासतमा रहेकी बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई विशेष अदालतले जमानत दिन अस्वीकार गरेको छ । आज रियासहित हिरासतमा रहेका अन्य १२ जना सबैको जमानत अदालतले अस्वीकार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अभिनेत्री रियाका वकिलले विशेष अदालतले जमानत नदिएपछि अब उच्च अदालत जाने बताएका छन् ।विशेष अदालतले जमानत नदिएपछि अब रिया सेप्टेम्बर २२ सम्म हिरासतमै बस्नु पर्ने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here