काठमाडौं ।। महानगरीय अपराध महाशाखामा कार्यरत सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्पताल र दुई नम्बर गणको आइसोलेशनमा पठाइएको छ।
महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो। एसएसपी थापाका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था ठीक रहेको छ।
तीन दिन अघि महानगरीय प्रहरी परिसरका इन्स्पेक्टरसहित २२ जनालाई संक्रमण भएको थियो। उनीहरुलाई पनि प्रहरी अस्पताल, दुई नम्बर गण र होम आएसोलेशनमा राखिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।