काठमाडौं ।। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेका थिए।
यस्तै उनले कोराना संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे पनि बैठकमा जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए।
ओली २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई दिएर बाहिरिएका हुन्।
लामो समय बैठकमा बसिरहँदा स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको स्थायी कमिटीका एक नेताले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here