रौतहट ।। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय वाणिज्य बैंकले रौतहटको गरुडा बजारस्थित रहेको शाखाका सबै सेवा तत्कालका लागि बन्द गरिएको छ ।
बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालका अनुसार बैकंमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले बैंकका सम्पूर्ण सेवा बन्द गरेको बताए ।
पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको कटुवालले बताए।
अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिने बैंकले जनाएको छ। परीक्षणको नतिजा रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको शाखा प्रबन्धक कटुवालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here