काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा ९५ भन्दा बढीमा कोरोना भाइरसको संक्रमित देखिएका छन् । केन्द्री स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभर ९५ हजार ७ सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो अहिले सम्मकै धेरै संक्रमित हो । यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यसका साथै भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७५ हजार ६२ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ९ लाख १९ हजार १८ जनाको उपचार भइरहेको छ । भने ३४ लाख ७१ हजार ७ सय ८४ जना संक्रमित भएपछि निको भएर घर फर्किएका छन् ।
बुधबार मात्रै भारतमा ११ लाख जनाको कोरोना परीक्षण भएको थियो ।
केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि भारत सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हुने देशमा दोस्रो स्थानमा रहेको छ ।





