काठमाडौं ।। नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । देशभर पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५० हजार ४ सय ६५ पपुगेको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेशवर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् ।हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट १११४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । ५ हजार ८०६ जना क्वाआरेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष र अर्का ८३ वर्षीय पुरुष त्यस्तै कोरोनाका कारण चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको पनि ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या नेपालमा ३ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमलें बताए ।
काठमाडौ उपतयकमा ५७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम आज पनि घटेको छैन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना कोरोना संक्रमित थपिएका हुन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here