काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ पछि मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग छलफल गर्नुभएको छ । आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कोरोनाबारे अनावश्यक त्रास बढेको बताउनुभयो । कोरोनाभन्दा पनि मानिसक डर बढी देखिएको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभएको थियो । मनोचिकित्सक र स्वास्थ्य मन्त्रालयले कोरोनाबारे यथार्थ कुरा बाहिर ल्याउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको थियो । मनोचिकित्सकहरूले भने लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरे । मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्नेमा चिकित्सकहरूको जोड थियो । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा. रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. अनन्त अधिकारी लगायत सहभागी थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here