काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै मुलुकभर कोरोना संक्रमितको जम्मा संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले मंगलवार नियमित लाइभ अपडेटमा जनाकारी दिएका हुन ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २८७ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको जम्मा संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ जनाको मृत्यु भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुेनेमा १ महिला र ६ जना पुरुष रहेको बताए । प्रवक्ता गौतमका अनुसार मृत्यु हुने काठमाडौँकी ८० वर्षीया महिला रहेकी छिन् । त्यसैगरी पुरुषहरुमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय, काठमाडौंका ८५ वर्षीय र कपिलवस्तुका ६२ वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३०६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुषसहित ३०० कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा २६ महिला र ३२ पुरुषसहित ५८ जना थपिँदा ललितपुरमा २१ महिला र १७ पुरुषसहित ३८ संक्रमित थपिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here