रौतहट ।। निरंजन राम ,विजय राम ,मिन्त्री देवी हत्याकाण्ड संघर्ष समिति रौतहटले जाहेरी दरखास्त दर्ताको मांग गर्दै मंगलवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन । घाटी रेती हत्या गरिएका निरंजन रामको हत्याको आरोपमा पक्राउ परेका निरंजन रामको प्रहरीको चरम यातनाको कारण भाद्र १० गतेका दिन भएको मृत्युको विषय लिएर आन्दोलन गर्दै आएका संघर्ष समितिले १३ औ दिन गौरमा गौर भरौ अभियान कार्यक्रम अंतर्गत प्रदर्शन गरेका हुन ।
निरंजन रामको हत्यामा संलग्न रहेका आरोपितलाई गिरपÞm्तार गर , पक्राउ परेका निर्दोषलाइ रिहा गर , विजय रामको दोषी प्रहरी माथि कार्याही गर , प्रहरी उपरीक्षक , प्रहरी नायव उपरीक्षकलाइ कÞानूनी दायरामा ल्याउ , हत्यारा सरकार मुर्दावाद , प्रहरी प्रशासन मुर्दावाद , दलित एकता जिन्दावाद लगायतका नारा लगाउदै सयौको संख्यामा गौर बस पार्कबाट निस्केका विरोध जुलुस जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा नारावाजी गरेका थिए ।
गत साउन ३१ गतेका दिन घाटी रेती हत्या गरी फालिएको अवस्थामा फेला परेका निरंजन रामको हत्याका योजनाकार सच फलफूल वागवानी नर्सरीका लखन साह , राजगीर साहलाइ प्रहरीले राजनितिक आड़मा ७ जना मध्ये ५ जना निर्दोषलाइ पक्राउ गरेका थिए ।
आर्थिक चलखेलका कारन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक प्रहरी हवलदार समेतले निर्घात रुपमा गरेको कुटपिटको कारण विजय रामको मृत्यु भएको भन्दै संघर्ष समितिले भाद्र ११ गते देखि निरंतर रुपमा प्रदर्शन गर्दै आएका छन ।
संघर्ष समितिका संयोजक सोनेलाल रामको संयोजकत्वमा निस्केका रैलीले जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा धारणा दिएर प्रदर्शन गरेको छ । दलित अगुवा नेताहरुले तत्कालीन प्रहरी उपरीक्षक रविराज खडकाका प्रत्यक्ष संलग्नतामा विजय रामको प्रहरी कर्मचारीले हत्या गरिएको गंभीर आरोप लगाएका छन ।
विजय रामको हत्याको आरोपमा तत्कालीन प्रहरी उपरीक्षक खडका , इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो , प्रहरी निरीक्षक नविन सिंह , प्रहरी हवलदार हीरोज मिया धुनिया र मुन्ना सिंह प्रतिवादी बनाइएको जाहेरी दरखास्त दर्ता गराउन जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा जाहेरी दरखास्त दर्ता गर्न प्रहरीले इंकार गरेको कारन पीडि़तहरुले प्रहरीको विरुद्ध प्रदर्शन गरेका छन ।
जिल्ला प्रहरी कार्यालय प्रतिवादी बनाइएका माथि जाहेरी नलिएमा जिल्ला प्रशासन कार्यालय हुदै जिल्ला सरकारी वकील कार्यालयमा जाहेरी दिनु पर्ने कÞानूनी व्यवस्था रहेको छ ! सहज र सरल रुपमा जाहेरी दर्ता नगरे सम्म संघर्ष जारी रहने दलित अगुवाहरुले चेतावनी समेतदिएका छन ।
चरम यातनाको कारण विजय रामको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोले प्रहरी निरीक्षक नविन सिंह , प्रहरी हवलदार धुनिया र मुन्ना सिंहलाइ ६ महीना सम्मको लागि निलम्वन गरिएको छ भने प्रहरी उपरीक्षक खडकालाइ हेडक्वाटर र गरुडाको प्रहरी नायव उपरीक्षक महतोलाइ प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएको छ !

Gepostet von Sangam Khabar am Dienstag, 8. September 2020
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply