रौतहट ।। रौतहटमा जारी निषेधज्ञा भदौ मसान्त सम्मको लागी लम्बिएको छ । निषेधाज्ञाको भदौ मसान्त सम्मको लागी लम्बिएको जिल्ला प्रशासन कायर्लालय रौतहटले जनाएको छ । शुक्रवार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
निषेधाज्ञाको समयमा बिहान १० देखि ०४ बजेसम्म खाद्यान्न पसलहरु खुल्ने र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । पछिल्ला महिनादेखि रौतहटमा कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ ।
रौतहटमा हिजो सम्म जम्माको कोरोना संक्रमितको संख्या १६६३ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।