काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९५ पुरुष गरि थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
देशभरि पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
त्यसतै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको जम्मा संख्या २ सय ७१ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here