काठमाडौं ।। भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घणटमा थप ८३ हजार ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै देशभरि कोरोना संक्रमितको कुल संख्या ३९ लाख ३६ हजार ७ सय ४८ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ कोरोना संक्रमणका कारण थप १ हजार ९६ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेका जम्मा संख्या ६८ हजार ४ सय ७२ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ३० लाख ३७ हजार १ सय ५२ जना उपचार पछि निको भएर घर र्फिर्कएका छन् । भने ८ लाख ३१ हजार १ सय २४ जनाको उपचार भइरहेको छ ।





