वीरगंज ।। वीरगंजमा महानगपलिकामा जारी निषेधज्ञा भदौ २५ गते सम्मको लागि लम्बिएको छ । आज बिहीवार जिल्ला प्रशासन कार्यालयले भदौ २५ गते सम्म निषेधाज्ञा लम्बिएको पर्साका प्रमुख जिल्ला अधिकरी आस्मान तामाङले जनाएकोे छ । प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो ।
भदौ १९ गते वीरगंज महानगरमा निषेधाज्ञाको मिति समाप्त हुन गइरहेकोमा र अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।
यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना अनुसार मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म खाद्यान्न पसलहरु खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । तरकारी(फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने र १५ फिट दूरी कायम गर्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।







