फाेटाे :- खडकाकाे फेसवुकबाट

रौतहट ।। रौतहटको इलाका प्रहरी कार्यालय, गरुडा थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिदै हेडक्वारटर तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिदै, उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको हो ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं। २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।
निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर देखिएकाले नेतृत्व परिवर्तन गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ ।
गत साउन ३१ गते रौतहटको गरुडा—८ जिगडियाका निरजन रामको घाटीरेटी हत्या गरेपछि इलाका प्रहरी कार्यालय गरुडाले ७ जनालाइ पक्राउ गरेको थियो । पक्राउ परेका मध्य बिजय रामको हिरासतमा भएको कुटपिट बाट मृत्यू पश्चात दलितहरुले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै निरंतर आन्दोन जारी राखेका छन् । मृतक १९ ९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटे पछि एसीप खडकालाई तानिएको श्रोतले बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply