काठमाडौं ।। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४३ जना सहित देशभरि १ हजार २ सय २८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
उपत्यकाको काठमाडौं जिल्लामा ३ सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७०३८ पुगेको छ । भन येसका साथै देशभिर कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ५ सय ३४ पुरुष र ३ सय ९४ महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।





