काठमाडौ ।। भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख भन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसका साथै देशभरि कोरोना संक्रमितको कुल संख्या ३८ लाख ५३ हजार ४ सय ७ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको जम्मा संख्या ६७ हजार ३ सय ७६ पुगेको छ ।
भारतमा रहेका जम्मा कोरोना संक्रमित मध्ये २९ लाख ७० हजार ४ सय ९३ जनाको उपचार पछि निको भएर घर फर्किएूका छन् । भने ८ लाख १५ हजार ५ सय ३८ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here