काठमाडौं ।। ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रा नाथको रथ तान्न खाजेपछि स्थानिय र प्रहरीबीच झडप भएको छ । निषेधाज्ञाको बेला रथ नतान्न प्रशासनले निर्देशन जारी गरे पनि स्थानीय बासिन्दाले अवज्ञा गर्दै रथ तानेपछि बिहीबार दिउँसो दोस्रो पटक झडप भइरहेको छ।
केही बेरअघि रथ तानी रहेका बेला प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाए पनि स्थानीय फेरि रथ तान्न आएपछि दु्ईपक्षबीच झडप भएको घटनास्थलमा रहेका देश सञ्चारका संवाददाताले जनाएका छन्।
गल्ली गल्लीमा लुकेर बसेका स्थानीय नेवार समुदायका व्यक्ति आएर फेरि रथ तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। बासिन्दाहरुले घरको छत छतबाट प्रहरीमाथि आक्रमण गरिरहेका छन्। दुई पक्षबीचको झडपमा केही युवाहरु घाइतेसमेत भएका छन्।
नेपाल सरकारले कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरे पनि स्थानियहरुले जबरजस्ती रथ तान्न खोजपछि झडप भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply