काठमाडाैं ।। भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा उत्पन्न भएको जनाइएको छ ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्ने भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित गर्ने उल्लेख गरिएको छ ।लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here