रौतहट ।। प्रहरी हिरासतमा प्रहरी द्वारा दिइएको चरम यातनाको कारण मृत्यु भएका विजय रामको हत्यामा संलग्न रहेका प्रहरीको कार्यवाहीको मांग गर्दै दलित जनजाति पार्टीका नेता एवं पूर्व मंत्री विश्वेन्द्र पासवान गत ५ दिन देखि इलाका प्रहरी कार्यलय गरुडाको अगाडी आमरण अनशनमा बसेका छन ।
घटना भएको दिन देखि प्रदर्शनमा उत्रेका दलित समुदायहरुले आन्दोलन जारी राखेको छ । आन्दोलनलाइ थप ऊर्जा प्रदान गर्ने उदेश्यले आमरण अनसन शुरू गरेका पूर्व मंत्री पासवानको स्वास्थ्य अवस्था दिन प्रति दिन विग्रिदै गएको छ । एक हप्ता देखि प्रहरीको विरुद्धमा आन्दोलन जारी रहदा पनि संघीय सरकार तथा प्रदेश सरकार समेतले कुनै चासो नलिएको पासवानको आरोप रहेको छ ।
स्वास्थ्य अवस्था खराव भएको कारण लामो कुरा गर्ने अवस्था नरहेपनि पत्रकार सित संक्षिप्त कुरा गर्दै पासवानले विजय राम र निरञ्जन राम हत्या काण्डमा संलग्न रहेका व्यक्ति प्रहरी प्रमुख ,प्रहरी कर्मचारीलाइ कार्यवाही नभए सम्म आफ्नो आन्दोलन जारी नै राख्ने अड़ान गरे । निरञ्जन रामको हत्यारालाइ जोगाउने कार्य निंदनीय रहेको भन्दै पासवानले सच बागवानीका संचालक लखन साह र राजगीर साहलाइ पक्राउ गर्नु पर्ने मांग समेत गरे ।
सच बागवानीमा काम गर्दै आएका निरंजन रामको हत्या लखन साहको प्रत्यक्ष संलग्नतामा भए पनि प्रहरीले अपराधी जोगाउन निर्दोष युवालाइ पक्राउ गरी यातना दिइएर बालजवर्दस्ती अपराध स्वीकार गर्न लगाएको उहाको भनाइ रहेको छ । भाद्र १६ गते देखि जनता समाजवादी पार्टीका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य राम प्रीत पासवानले पनि आमरण अनसन शुरू गरेका छन ।
जिल्लामा कोभीड़ १९ को संक्रमण नियंत्रण रोकथामको लागि भाद्र २१ गते सम्म निषेधाज्ञा जारी रहेको भएपनि आन्दोलनकारीहरुले निषेधज्ञाको अवज्ञा गर्दै प्रदर्शनको कार्यक्रम जारी राखेको छ ।
हजारो हजारको संख्यामा आउने प्रदर्शनकारीहरुले प्रहरीको विरुद्धमा चर्को नारावाजी गर्दै प्रदर्शन गर्ने गरेको हो ! साउन २४ गते देखि शुरू गरिएको निषेधज्ञाको अवधिमा नै रौतहटमा दुइ सत्तामा ४ जनाको हत्याको घटना घटेको छ ।
३१ गते भएको निरञ्जन रामको घटनामा ७ जना पक्राउ परे पनि भाद्र ३ गते माधव नारायण नगरपालिका २ खेसरहियामा रहेका हनुमान मंदिरको पुजारी श्रीराम साहको गोली हानि गरिएको हत्यामा संलग्न भएकालाइ प्रहरीले अहिले सम्म पता लगाऊंन सकिएको छैन । गढ़ीमाई नगरपालिकामा हत्या गरी फालिएको दलित महिलाको हत्यामा संलग्न भएकोलाइ पनि प्रहरी समात्न सकेका छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here