रौतहट ।। जनता समाजवादी पार्टीका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानले विजय रामको हत्या सडयंत्र र ठूलो आर्थिक चलखेलको कारण गरिएको दावी गरेका छन ।
बुधवार गरुडामा आयोजना गरिएको पत्रकार सम्मलेनमा सम्वोधन गर्दै दलित नेता पासवानले निरञ्जन रामको हत्यामा संलग्न रहेका सच फलफूल बागवानी नर्सरीका संचालक लखन साह र राजगीर साहलाइ जोगाउँको लागि गरुडा प्रहरीले निर्दोष विजय रामलाइ पक्राउ गरी हिरासतमा मानव अधिकारको घोर उलंघन गर्दै चरम यातना दिएर हत्या गरेको आरोप समेत लगाए ।
निरञ्जन रामको हत्यमा संलग्न रहेकोलाइ कार्यवाही गर्नु पर्ने कीटानी जाहेरी दरखास्त पीडि़त पक्षले लिएर जादा जाहेरी नलिनु , निर्दोष युवाहरुलाई समेत हीरासतमा राखी चरम यातना दिएर हत्या गर्नु पछाडि ठूलो सडयंत्र रहेको पुस्टि भैरहेको बताए ! उनले भने घटनाको प्रकृति हेर्दा ठूलो व्यक्ति र रकमको चलखेल रहेको बुझिएको छ । यकीन गर्न नसकिए पनि डिजाइनले रकमी खेल भएको उहाको भनाइ रहेको छ ।
नेता पासवानले दलित माथि पटक पटक भैरहेको हत्या हिंसा बलात्कारको घटना नियंत्रण नगर्नु राज्य कमजोर भएको टिपण्णी गर्दै नेपाली नागरिकको शांति सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बाम सरकारका नेतृत्व गरिरहेका प्रधानमंत्री केपी शर्मा ओली र गृह मंत्री राम बहादुर थापाले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए । उहले भने नैतिकता छन भने प्रधानमंत्री र गृह मंत्रीलाइ राजीनामा दिनु पर्छ ।
संचारकर्मीहरुको प्रश्नको जवाव दिदै नेता पासवानले कार्यालय प्रमुखलाइ निलंबन नगरी आदेशको पलना गर्ने जूनियर प्रहरी अधिकृत र कर्मचारीको निलंबन गर्नु पनि आन्दोलनलाइ मथर पर्ने सडयंत्र भएको ठोकूवा समेत गरे । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी कर्मचारी हिरासतमा रहेका आरोपितलाइ विना आदेशको कसरी गरुडा आयो भने प्रश्न समेत गरे ।
तल्लो स्तरको कर्मचारीको निलंबन गर्दैमा समस्या समाधान नहुने भन्दै आदेश दिने रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खडका र इलाका प्रहरी कार्यालयको प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोलाइ पनि तत्काल निलंबन गरी हिरासतमा राख्नु पर्ने मांग गरे ।
निरञ्जन राम हत्या काण्डको सत्य तथ्य छानविन नै नगरी निर्दोष व्यक्तिहरूलाई पक्राउ गरी दलित माथि ठूलो अन्याय गरेको जिकिर गर्दै प्रहरी प्रमुख सहित विजय रामको हत्याको घटनामा संलग्न भएका सवै प्रहरीलाइ निलंबन गर्नु पर्ने उल्लेख गरे । तीन जनाको निलंबनले आन्दोलन नरोकिने झन चर्किने चेतावनी पासवानले दिएका छन ।
विजयको हत्यामा एसपीको संलग्नता :- पासवान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।