रौतहट ।। इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण मृत्यु भएका विजय महरा चमारको दोषी प्रहरी लाइ कÞानूनी दायरामा ल्याउनका लागि मांग गर्दै संघर्षमा उत्रेका निरंजन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले आन्दोलनका थप कार्यक्रम बुधवार पत्रकार सम्मलेन गरी सार्वजानिक गरेका छन ।
गएको साउन ३१ गते शनिवार रातिको समयमा घाटी रेतेर हत्या गरी फालिएको स्थानीय गरुडा नगरपालिका वड़ा नम्बर ८ बसविटी जिगाडि़या निवासी निरञ्जन रामको हत्या भाद्र १ गते पक्राउ परेका ७ जना मध्ये विजय रामको अनुसन्धानको क्रममा हिरासतमा गरिएको क्रूरतापूर्वक कुटपिटको कारण भाद्र १० गते राति करीव १ बजेको समयमा उपचारको क्रममा मृत्यु भएपछि घटनाको छानविन गरी दोषीलाइ कार्यवाहीको मांग गर्दै दलित समुदायहरुले संघर्षमा उत्रेकाछन ।
इलाका प्रहरी कार्यालयको मुख्य गेटमा धरना र आमरण अनशन जारी रहेको ठाउमा संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको थप कार्यक्रम सार्वजानिक गरेका हुन । रौतहट र बारा जिल्लाका संचारकर्मी सहभागी भएका पत्रकार सम्मेलनमा संघर्ष समिति का संयोजक सोनेलाल रामले निरञ्जन रामको हत्यारा र विजय रामको हत्याको दोषीको कार्यवाही नभए सम्म आन्दोलन नरोकिने भन्दै १० बटा मांग राख्दै कार्यक्रम सार्वजानिक गरेको हो ।
संघर्ष समितिले अघि सरेको १० बुँदे मांगहरुमा प्रहरी हिरासतमा रहेका निर्दोष चार सिकिन्दर पासवान , अजय राम , विबेक यादव र अर्जुन राम लाइ तुरंत रिहा गर्नु पर्ने , मृतक निरञ्जन राम र विजय रामलाइ शहीद घोषणा गर्नु पर्ने , प्रहरी द्वारा हत्या गरिएका विजय रामको मुद्दा दर्ता गरी दोषीलाई कार्यवाही गर , मृतक निरञ्जन राम र विजय रामको परिवारलाई क्षतिपूर्ति देऊ , मृतक निरञ्जन रामको हत्यमा संलग्न रहेका लखन साह र राजगीर साहलाइ अविलम्ब पक्राउ गरी कÞानूनी कार्यवाही गर , मृतक निरञ्जन राम र विजय राम हत्या काण्डलाइ छानविन गर्न दलित आयोग ,मानव अधिकार आयोग सहितको संसदीय उच्च स्तरीय छानविन समिति गठन गर , दलित अगुवा तथा अधिकारकर्मीको ज्यानधनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने , दलित माथि भैरहेको हिंसा ,हत्या अविलम्ब रोकिनु पर्ने , विजय राम र निरञ्जन राम को सालिक निर्माण गर्नु पर्यो र प्रधानमंत्री ,गृहमंत्री , रक्षा मंत्री , मुख्यमंत्रीलाइ गरुडा आउनु पर्ने रहेका छन ।
संयोजक रामले मांग पूरा नभए सम्म आन्दोलनको कार्यक्रम जारी नै रहने घोषणा गरेका छन । दलितको मुद्दाको समय पार्ने माथि बाट सडयंत्र समेत भैरहेको बताउँदै आफ्नो मुदाबाट एक इंच पनि पछि हटने प्रतिबद्धता जनाउँदै कार्यक्रम सार्वजानिक गरे । सार्वजानिक गरिएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमंत्री कार्यालय घेराउ गर्ने समेत रहेका छन ।
भाद्र १८ गते सदरमुकाम गौरमा जुलुस प्रदर्शन , जिल्ला प्रसाशन कार्यालय घेराउ , भाद्र १९ गते गरुडामा लाठी झाड़ू जुलुस प्रदर्श र इलाका प्रहरी कार्यालय घेराउ , भाद्र २० गते चन्द्रनिगाहपुर हाइवे देखि गौर सम्म जनप्रदर्शन र रैली गर्ने , भाद्र २१ गते चन्द्रनिगाहपुर देखि गौर सम्म ४२ किलो मीटर लामो हडि़या खपड़ी , चलना ,बेलना ,हसुवा ,खुरपी सहितको जुलुस प्रदर्शन र रैली तथा २२ गते प्रदेश २ को राजधानी जनकपुरमा जुलुस प्रदर्शन र मुख्यमंत्री कार्यालय घेराउको कार्यक्रम सार्वजानिक गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here