रौतहट ।। रौतहटको गुजरामा कोरोना जितेर घर फर्कने क्रममा मोटरसाइकला ऱ्याली  गर्दा झडप भएको छ । जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष सहिल अन्सारी कोरोना सङ्क्रमितमुक्त भएर घर फर्कने क्रममा खुशीयाली मनाउन गाउमा मोटरसाइकल ऱ्याली  निकालेका थिए । सोही क्रममा हिजो राती निषेधाज्ञाको अवज्ञा गर्दै ठुलो संख्यामा स्थानीयको सहभागीता गराई ऱ्याली  निकाल्दा स्थानिय नागरिकसंग झडप भएको जनाइएको छ । गुजरा नगर कार्यपालिकाको कार्यालय कोरोनामुक्त भएको भन्दै २० ओटा मोटरसाइकलमा ४० जनाको समुहको साथमा रयाली निकालेका वडाध्यक्ष अन्सारीको समुहसंग स्थानीयको झडप भएको छ । झडपमा दुबै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अन्सारी भाद्र ९ गतेदेखि चादी पार्क आइसोलेसन कक्षमा रहनु भएको थियो । झडपमा घाइतेभएका स्थानीयहरुको उपचार स्थानीय मेडिकल तथा चन्द्रपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घटनाले थप झडप हुन सक्ने भएकाले स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्सपेक्टर नितेश सिंहको कमान्डमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ । प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका हुन । उनीहरुको निधार, हात र दाँतमा चोट लागेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here