काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुष गरि थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमाका अनुसार पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् ।
अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र ६ जना महिला छन् ।
मृत्यु भएकामध्ये काठमाडौं उपत्यकाका पाँचजना छन् । काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया महिला र काठमाडौंका ७० वर्षीय, ७५ वर्षीय र भक्तपुरका ४० वर्षीय पुरुष छन् ।
त्यसैगरी चितवनमा १८ र ५५ वर्षीया दुई महिला, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया महिला छन् ।
बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।
हालसम्म कोरोना संक्रमणबाट नेपालमा दुई सय ५१ जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार संक्रमितको मृत्यु हुने दर ०.६ प्रतिशत छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या ४१ हजार भन्दा बढी,मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।