काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापनी प्रधानमन्त्री सिन्जो आबेले धन्यवाद दिएका छन् । बुधवार बिहना प्रधानमन्त्री ओबेले समाजिक सञ्जाल ट्विटर मार्फत एक पोष्ट गर्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै अगामी दिनमा नेपाल–जपान सम्बन्ध थप विकसित हुने बताएका छन् ।
आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेका थिए।
उक्त समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
ुतपाईं बिरामी भएको सुनेर दुस्ख लाग्यो। प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु(स्वास्थ्यको कामना गर्दछु। तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल(जापान सम्बन्धमा धेरै फाइदा भएको छ,ु ओलीले ट्वीट गर्दै भनेका थिए।
उक्त ट्वीटलाई रिट्वीट गर्दै आबेले लेखेका छन्( तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली। नेपाल(जापानको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here