फाइल फाेटाे

गरुडा ।। रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका रामकिशोर राय यादवले हनुमान मन्दिर निर्माणको भूमिदान गरेका छन् ।

मध्यरौतहटकै सबैभन्दा पुरानो गाउँ पुर्नीगेडहीको भगवती मन्दिरसँगै रहेको आफ्नो जमिनबाट दश धुर जमिन हनुमान मन्दिरको लागि दिने घोषणासँगै औपचारिकरुपमा वैदिक विधिबाट यादवले भूमिदान संकल्प गरेका छन् । यादवका पिता भुटा राय यादवले ग्रामबासीका समक्ष रसियाबाबालाई साक्षी राखेर हनुमान मन्दिर निर्माणको लागि भूमिदान संकल्प गरेका हुन् ।

प्रचलित मूल्यमा हनुमान मन्दिरको लागि दान गरिएको जमिनको करिब तीन लाख रुपैया पर्ने देखिन्छ । हनुमान मन्दिरको नाममा जमिन पास गरेपछि मन्दिर निर्माणको औपचारिक प्रक्रिया अगाडि बढाइने जग्गादाता रामकिशोर यादवले बताएका छन् ।

भगवती मन्दिरसमेतको सेरोफेरोलाई कम्पाउन्ड वाल गर्नुपर्ने भएकोले हनुमान मन्दिरको सम्पूर्ण निर्माण कार्यमा दशदेखि पन्ध्र लाख रुपैया लाग्ने र मन्दिर निर्माणको लागि विभिन्न स्रोतबाट चन्दा संकलन गरिने यादवले बताए ।

हजारौँ वर्ष पुरानो इतिहास रहेको पुर्नीगेडहीमा हनुमान मन्दिरको आवश्यकता स्थानीयले महसुस गरेपछि आफूले नेतृत्व लिएको यादवको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here