एजेन्सी ।। भारतमा एकै दिन थप ७८ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५ सय २४ पुगेको छ ।
त्यसतै भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६६ हजार ३ सय ३३ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये २९ लाख १ हजार ९ सय ९ जना उपचारपछि निको भएर घर फर्किएका छन । त्यसतै ८ लाख १ हजार २ सय ८२ जनाको उपचार भइरहेको छ ।
त्यस्तै गोवाका मुख्यमन्त्री प्रमोद सावन्त कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि कोरोना परिक्षण भएपछि उनको रिर्पोट पोजेटिभ आएको हो ।
उनले ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी आइशोलेशनमा बसेको जानकारी दिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here