काठमाडौं ।। कोरोना संक्रमितको उपचारको लागी प्रयोग गरिने येटिचेम वितरक प्रालिले नेपालमा रेम्डेसिभिरको पहिलोे ब्याचको घोषण गरेको छ ।
कम्पनीलाई सरकारले कोभिड-१९ उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ ।
भारतको औषधि निर्माता कम्पनी सिप्लाले बनाएको कोभिड-१९ उपचारका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि ‘सेप्रिम’ ब्रान्डमा नेपाल आएको हो । रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इन्जेक्सन(१०० एमजी येटिचेमले नेपाल ल्याएको हो ।
४८० सिसीको पहिलो ब्याच आउँदा प्रति सिसी ६ हजार ४०० रुपैयाँमा बजारमा उपलब्ध गराइने येटिचेम वितरक प्रा।लि।ले जनाएको छ।
येटिचेमले २ सय सिसाका लागि अनुमति पाएको छ । औषधि तीन ब्याचमा उपलब्ध हुनेछ । ४८० सिसाको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बाँकी १४० सिसा २५ सेप्टेम्बरमा उपलब्ध हुनेछ ।
सिप्लाले बनाएको रेम्डेसिभिर नेपालमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।