काठमाडौं ।। अहिले विशवभर फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण पूरा विश्व नै संकटको घडीमा छ । उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ ९क्बचक(Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। यी भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।
धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो । भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्वपूर्ण उपाय हो ।
हात धुने उत्तम तरिका के हो ?
भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन । हात धुने विस्तृत तरिका निम्न छ स्
१ बगिरहेको पानीमा हात भिजाउने,
२ भिजेको हातमा मनग्गे साबुन लगाउने,
३ हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग
मिच्ने,
४ बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
५ सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।
मैले कति समय सम्म हात धुनुपर्दछर ?
तपाईंले कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपायस् रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्यांग रेशम फिरिरर दुईपटक गाउनु हो ।
स्यानिटाईजर प्रयोग गरेर हात सफा गर्दा पनि यहि तरिका अपनाउन सकिन्छ । कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमलाई कम्तिमा २० सेकेण्ड हातमा लगाएर मिच्नुहोस् ।
मैले कहिले हात धुनुपर्दछरु
कोभिड-१९ बाट जोगिने सन्दर्भमा, तपाईंले निम्न अवस्थामा हात धुनुपर्दछस्
१. नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि
२. सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि
३. नगद(पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि
४. अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि
५. खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
अन्य सामान्य समयमा पनि निम्न अवस्थामा हात धुनुपर्दछस्
१. शौचालयको प्रयोग गरिसकेपछि
२. खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
३. फोहोर मैला छोएपछि
४. घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि
५. बालबालिकाको डाईपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराईसकेपछि
६. हात फोहोर भएको अवस्थामा

साबुन पानीले हात धुने तरिका यो भिडियोमा हेर्न सक्नु हुने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply