काठमाडाैं ।। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोपलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ ।विभिन्न देशहरुले विभिन्न चरणमा खोपको परीक्षण गरिरहेका बेला संगठनको भनाइ सार्वजनिक भएको हो । संगठनका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनुभयो । संगठनका अनुसार हाल ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १ सय ४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् ।यसका साथै संगठनले पर्याप्त तयारीविना लकडाउन नहटाउन देशहरुलाई चेतावनी दिएको हो । विश्व स्वास्थ्य संगठनले जुन देशमा अझै पनि नयाँ संक्रमित फेला परिरहेका छन्, ती देशहरुले मानिसहरुलाई भेला हुन दिएमा विनाशलाई निम्ता दिएजस्तै हुने भएकाले चेतावनी समेत दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here