सिन्धुली ।। माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षामा कम नम्बर दिएको भन्दै एक समुदाय विद्यालयका विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेको छ । विद्यार्थीहरुले स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरुमाथि आइतबार कुटपिट गरेका हुन् ।
शिक्षकलाई कुटेपछि सिन्धुलीको सुनकोशी गाँउपालिका ७ मझुवामा रहेको गणेश मावि सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए । त्यसलगत्तै शिक्षकहरुको बसेको स्टाफ बैठकले सुरक्षाको माग गर्दै कार्यरत शिक्षकले अनिश्चितकालका लागि विद्यालय बन्द गराएका हुन् ।
उनीहरुले प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीले आफूहरुलाई नम्बर कम दिएको भन्दै कुटपिट गरेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply