रौतहट ।। रौतहटमा कोरोना संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ । पर्साको विरगन्ज स्थित गण्डक कोभिड विशेष अस्पतालमा आज आइतवार बिहान करिब ७ बजेर ४० मिनेटमा मृत्यु भएको छ । उनलाई भदौ १२ गते शुक्रवार उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई त्यहाँ संक्रमण पुष्टि भएपछि गण्डक कोभिड विशेष अस्पतालमा रिफर गरिएको थियो।
उनको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाले जानकारी दिनुभयो छ।
मधुमेहका समेत रोगी रहेका ती पुरुषमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको जनाइएको छ ।

यस्तै गम्हरिया ३० वर्षीय अर्का पुरुषको वीरगन्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको बताइएको छ । उनको ७ बजेर ३० मिनेटमा मृत्यु भएको प्रवक्ता डा।चौरसियाले बताउनुभयो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १२ गते उनलाई कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो ।कोरोना संक्रमणका कारण रौतहटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

देशभरि कोरोना संक्रमितको कुल संखया ३७ हजार ३ सय ४० रहेको छ । भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here