काठमाडौं ।। छिमेकि देश भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख भन्दा बढी पुगेको छ । भारतमा एकदिन थप ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३५ लाख ४२ हजार ७ सय ३४ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घणटमा ९ सय ४८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६३ हजार ४ सय ९८ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये २७ लाख १३ हजार ९ सय ३४ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ७ लाख ६५ हजार ३ सय २ जना उपचार गराइरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here