काठमाडौं ।। आइतबार देशभिर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै देशभरि कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
पछिल्ला २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको प्रवक्ता गौतमले बताए। २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्।
त्यसतै पछिल्लो घण्टामा नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।
यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here