काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा २ सय ४२ महिला र ६ सय ५२ पुरुष गरि थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै देशभरि कोरोना संक्रमितको कुल संखया ३७ हजार ३ सय ४० पुगेको छ ।
कहाँ कति थपिए संक्रमित रु
काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २र२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १र१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ९ पुरुष तथा ३ महिला रहेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार पाल्पा, काठमाडौँ, भक्तपुर, पर्सा, सिरहा, गोरखा कास्की र ललितपुरका गरी १२ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या २०७ पुगेको छ ।
नेपालमा रहेको जम्मा कोरोना संक्रमित मध्ये २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् । हाल देशभरमा गरी १६ हजार ५७८ संक्रिय संक्रमित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here