एजेन्सी ।। भारतमा ३४ लाख भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् । भारतमा आज शनिबार थप ७६ हजार ४ सय ७२ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३४ लाख ६३ हजार ९ सय ७३ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार २१ जना कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ६२ हजार ५ सय ५० पुगेको छ ।
भारतमा जम्मा कोरोना संक्रमित मध्ये २६ लाख ४८ हजार ९ सय ९९ जना उपचार पछि निको भएर घर फर्किएूका छन् । भने ७ लाख ५२ हजार ४ सय २४ जना उपचार गराइरहेका छन् ।
कुल संक्रमितको मामिलामा भारत विश्वमा अमेरिका र ब्राजिलभन्दा पछि मात्र रहेको छ ।
यता, सेप्टेम्बर १ देखि भारतमा प्रतिबन्धहरुमा केही छुट दिने तयार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here